Kath khabar
नेपाल भित्रिँदै किर्लोस्कर इन्जिन आयल, सबै रेन्जमा उपलब्ध हुने

 

                      काठमाडौं, माघ ११ । नेपाली बजारमा किर्लोस्कर ब्रान्डको नयाँ लुब्रिकेन्ट अर्थात इन्जिन आयल भित्रिने भएको छ ।

नेपालका लागि आधिकारिक वितरकको रुपमा आदिशक्ति ग्लोबल ट्रेडर्सले सो इन्जिन आयल भित्र्याउने भएको हो । भारतको १३५ वर्ष पुरानो प्रतिष्ठित कम्पनीद्वारा उत्पादित किर्लोस्कर ब्रान्डका मिनरल, सेमी सिन्थेटिक र फुल्ली सिन्थेटिक इन्जिन आयल नेपाली बजारमा उपलब्ध हुनेछन् ।

नेपाली बजारमा उपलब्ध कुनै पनि ब्रान्डसँग प्रतिस्पर्धा गर्ने यसको क्षमता रहेको आदिशक्ति ग्लोबल ट्रेडर्सका प्रबन्ध निर्देशक तथा बजार व्यवस्थापक पुरुषोत्तम पौडेलले दावी गरे । कुनै पनि सवारी साधनलाई अत्यधिक माइलेज दिन सघाउने र हिमाल, पहाड तथा तराई जुनसुकै सडकमा पनि सवारी साधनका लागि उपयुक्त हुने किर्लोस्कर ब्रान्ड विभिन्न प्याक र सबै रेन्जमा उपलब्ध हुनेछ ।

विभिन्न सवारी साधनका लागि ओईएमका रुपमा समेत प्रयोग गर्न सिफारिस गरिएको किर्लोस्कर इन्जिन आयल नेपाली बजारमा उपलब्ध भएमा लुब्रिकेन्ट बजार थप प्रतिस्पर्धी हुने अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update