Kath khabar
आजदेखि त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र अनलाइनबाटै

 

                काठमाडौं, माघ १५ ।  त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि र करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ ।

अनलाइनबाट प्रक्रिया पुर्याएर आवेदन दिएका विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए इमेल अथवा फोन मार्फत् विद्यार्थीलाई जानकारी दिइने र त्यसअनुसार फेरि आवेदन दिनुपर्ने विश्वविद्यालयले जनाएको छ ।

आवेदन अनुसार विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय मार्फत् वितरण गरिने र प्रमाणपत्र सङ्कलन गर्दा स्वयम् विद्यार्थी अथवा विद्यार्थीले इच्छाइएको व्यक्ति हुनुपर्ने विश्वविद्यालयको सूचनामा उल्लेख छ ।

परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्कसिट र अरु कागजात लिन विद्यार्थीले धेरै दुःख पाउनुपर्ने गुनासो बढेपछि त्रिविले अनलाइनबाट सेवा दिन लागेको हो ।

suchana1706511564.jpg

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update