
काठमाडौं, असार १५ । नेपाली लोक गीतको बजारमा संधै नयाँ-नयाँ लोक खुराक पस्किन माहिर मानिएका गायक अभय ढुंगेलले पछिल्लो समय फरक स्वादको गीत आफ्ना दर्शक श्रोता माझ पेश गर्नुभएको छ ।
आर्टिस्ट नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको नयाँ गीत मार्यो-मार्योे फरक स्वाद रहेको र आम दर्शक श्रोताले मन पराउने गायक अभय ढुंगेल बतााउनुहुन्छ । अभय ढुंगेल र गायिका रेश्मा सुनुवारको स्वरमा रहेको यो गीतलाई गायक अभय ढुंगेलले नै शब्द लेख्नुु भएको हो भने संगीत पनि उहाँकै रहेको छ ।
बाबु प्रधानको संगीत संयोजन रहेको गीत मिक्सिङको कार्य भने महेश्वरमान राजभण्डारीले गर्नुभएको हो । शंकर बिसिको निर्देशन साथै कोरियोग्राफी रहेको भिडियोलाई, शंकर बिसी र कबिता न्यौपानेले दमदार बनाउनुुभएको छ ।
अमेरिका बसाइको क्रममा समय समयमा आफ्ना सिर्जना सार्वजनिक गर्दे आउनुुभएका गीतकार, संगीतकार, गायक अभय ढुंगेलले गीति लेखनको निरन्तरतामा अर्को नयाँ प्रयास स्वरूपको गीत मार्यो–मार्यो सार्वजनिक गर्नुभएको हो । कोरोना महामारीले गर्दा मानिसहरु थुनिनु परेको अवस्थामा गीतकार ढुंगेलले, शब्द सिर्जनामार्फत आफूलाई सक्रिय बनाउनुुभएको छ ।
भिडियो लिंक
https://www.youtube.com/watch?v=xLmd6ouWARU