Kath khabar
आज १९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले बङ्गलादेशसँग खेल्दै

 

                   काठमाडौं, माघ १७ ।  आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ ।

समूह चरणमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो । सुपर सिक्सको अर्को खेलमा नेपालले पर्सी शुक्रवार भारतसँग खेल्नेछ । तर सुपर सिक्सका खेल अघि नै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको छ ।

सुपर सिक्समा हिजो भएको खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो । हिजोको खेलमा भारतले न्युजिल्यान्डलाई २१४ रन र पाकिस्तानले आयरल्याण्डलाई ३ विकेटले हरायो ।

सुपर सिक्सको समूह 'ए' मा भारत र पाकिस्तानको समान ६-६ अंक भएको छ । समूह 'ए' बाट यी २ टोली नै सेमिफाइनलमा पुग्ने सम्भावना छ । 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update