Kath khabar
एसियन कप फुटबल : दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा

 

                  दोहा, माघ १७ ।  एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कतारमा गएराति भएको खेलमा थाइल्याण्डलाई २-१ गोलले हराउँदै उज्वेकिस्तान क्वाटरफाइनलमा पुगेको हो ।

यस्तै, हिजोको अर्को खेलमा साउदी अरेबियालाई पेनाल्टीमा ४-२ ले हराएर दक्षिण कोरिया क्वाटरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

दक्षिण कोरियाले अब क्वाटरफाइनलमा अष्ट्रेलियासँग खेल्ने छ । एसियन कपमा आज क्वाटरफाइनल अघिका २ वटा खेल हुँदैछन् । आज बहराइन र जापान  तथा इरान र सिरिया खेल्ने तालिका छ ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update