Kath khabar
एसियन कप : जापान र इरान क्वाटरफाइनलमा

 

                  दोहा, माघ १८ ।  एफसी एसियन कप फुटबलमा बहराइनलाई हराउँदै उपाधि दाबेदार जापान क्वाटरफाइनमा प्रवेश गरेको छ । कतारमा भैरहेको खेलमा हिजो जापान ३-१ गोलले विजयी भएको हो ।

यस्तै हिजोको अर्को खेलमा इरानले सिरियालाई हराउदै क्वाटरफाइनमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा रोकिएपछि पेनाल्टिमा गएको खेलमा इरानले सिरियालाई ५-३ गोल अन्तरले हराएको हो । सेमिफाइनल प्रवेशका लागि अब जापान र इरानबीच खेल हुनेछ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update