Kath khabar
दक्षिण कोरियामा कन्सर्ट गर्दै 'मंगोलियन हार्ट'
फोटो : बबि लामाको फेसबुकबाट

 

                   काठमाडौं, माघ २२ । नेपालको पुरानो लोकपप ब्याण्ड 'मंगोलियन हार्ट' दक्षिण कोरियामा गुञ्जिने भएको छ । ‘मंगोलियन हार्ट’ ले पाँच वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्न लागेको हो ।

आगामी शुक्रबार दक्षिण कोरियाको सियोलको छोंहरो ओगमा, डोंगदे मुनमा सांगीतिक प्रस्तुती दिन लागेको ब्याण्डका मेनेजर एवम् गितारिष्ट बबी लामाले जानकारी दिएका छन् । यसअघि गत अप्रिलमा १० वर्षपछि अष्ट्रेलियामा सांगीतिक यात्रा गरेको ब्याण्डले अब दक्षिण कोरियाका नेपालीमाझ आफ्नो गीत सुनाउन लागेको हो ।

नेपाल-कोरिया कल्चरल एक्सचेन्ज एसोसिएसनको आयोजनामा हुने ब्याण्डले आफ्ना हिट गीतहरु गुञ्जाउनेछ । ‘पाँच वर्षपछि दक्षिण कोरिया जान पाउँदा हामी उत्साहित छौं । त्यहाँ दर्शकलाई पक्कै केही सरप्राइज दिनेछौं,’ म्यानेजर लामाले भने ।

३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको ब्याण्डका लोक, स्लो रक, पप मेलोडी संगीत दर्शकमाझ लोकप्रिय छ । राजु लामा नेतृत्वको ब्याण्डमा ड्रममा सन्तोष थापा मगर, रिदम गीतारमा बबी लामा, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।

ब्याण्डका ‘तिमीलाई देखेर’ ‘बाँदलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘उँभो उँभो खासा’ जस्ता गीत लोकप्रिय छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update