Kath khabar
भारतमा हुने कलिङ्ग साहित्य महोत्सवमा ६ जना नेपाली साहित्यकार सहभागी हुँदै

 

                   काठमाडौं, माघ २३ । भारतमा हुने कलिङ्ग साहित्य महोत्सवमा ६ जना नेपाली लेखक वक्ताको रुपमा सहभागी हुने भएका छन् । नेपाली लेखक तथा संस्कृतिविद् डा. बीणा पौड्यालले प्रतिष्ठित कलिंगा अन्तर्राष्ट्रिय साहित्य पुरस्कार प्राप्त गर्नु हुनेछ ।

वार्षिक रुपमा मनाउँदै आएको  कलिंगा साहित्य महोत्सव (केएलएफ) फेब्रुअरी ९ देखि ११  (२६ माघ –२८ माघ) उडिसा राज्यको भुवनेश्वर स्वस्ति प्रिमियम होटलमा सञ्चालन हुने भएको छ । आफ्नो दसौं वर्ष मनाउँदै, महोत्सवले जीवनका सबै क्षेत्रका लेखकहरू, वक्ताहरू, विचारकहरू र मानवतावादी, संगीतकर्मीहरुको  अनुभुतिलाई प्रदर्शन गर्नेछ ।

भारतमा हुने उक्त कलिङ्ग साहित्य महोत्सवमा  नेपाली संस्कृतिविद् तथा प्रा.डा. बीणा पौड्याल सम्माननीय अतिथि तथा वक्ताको रुपमा सहभागी हुनेछन् । महोत्सवमा प्रख्यात विद्वान, पूर्वअन्तर्राष्ट्रिय निजामती कर्मचारी, कूटनीतिज्ञ विश्व पराजुली, लेखिका कल्पना पराजुली, साहित्यकार  रञ्जना निरौला, लेखक  सुमित शर्मा समीर, लेखक  तथा कलाकार  सम्पदा मल्ल वक्ताका रुपमा  रहनेछन्  ।

 

 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update