Kath khabar
फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर


                       काठमाडौं, माघ २४ । सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ । मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले यो जानकारी गराएको हो ।

जनयुद्ध दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको फैसलाको पूर्ण पाठमा यस्तो व्याख्या गरिएको हो । यस घोषणाको विरुद्ध द्वन्द्वपीडितहरू ज्ञानेन्द्रराज आरण, गंगामाया अधिकारी, रिता कार्की, कल्याण बुढाथोकी, खगिसरादेवी पौडेल लगायतले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

२०७९ माघ २९ गते नेकपा (माओवादी) ले ‘जनयुद्ध’ शुरु गरेको भन्दै सरकारले फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारले गत वर्ष एमालेसँगको सहकार्यमा  सार्वजनिक बिदा दिने घोषणा गर्दै बिदा दिएको थियो । सरकारबाट बाहिरिएपछि भने एमालेले यसको विरोध गरेको थियो ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update