Kath khabar
क्यानडाविरुद्ध नेपालले छैठौ विकेट गुमायो

 

                     काठमाडौं, माघ २५ । नेपाल र क्यानडाबीचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत ब्याटिङ गरिरहेको नेपालले छैठौ विकेट गुमाएको छ । नेपालले छैठौँ विकेटमा आरीफ शेखलाई गुमाएको हो । उनी ५० बलमा ४ चौका प्रहार गर्दै ३८ रन बनाएर आउट भए ।

पहिले ब्याटिङ गरेको नेपालका लागि अर्धशतक प्रहार गरेका कुशल भुर्तेल कुशल ५८ बलमा ६२ रनको योगदान दिंदै आउट भए ।

ओपनर आसिफ शेखले २४ बलमा ८ र कप्तान रोहित पौडेलले १७ बलमा ८ रन, भीम सार्कीले २६ बलमा १७ रन कुशल मल्लले ३२ बलमा २० रन बनाएर आउट भए।

एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गरे।  कप्तान रोहितकुमारले पनि ८ रनभन्दा बढी जोड्न सकेनन्।

 

 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update