Kath khabar
क्यानडाविरूद्ध दोस्रो खेल खेल्दै नेपाल
Photo : CAN

 

              काठमाडौं, माघ २७ । क्यानडाविरूद्धको एकदिवसीय सिरिजमा आज नेपालले दोस्रो खेल खेल्दैछ । आजको खेल त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेको थियो । आजको खेल जिते नेपालले एक खेल बाँकी छँदै सिरिज आफ्नो पक्षमा पार्नेछ ।

रोहितकुमार पौडलको कप्तानीमा नेपाली टोलीमा आशिफ शेख, कुशल भूर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, ललितनारायण राजवंशी, पवन शर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, आकाश चन्द र अनिल शाह रहनेछन् ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update