Kath khabar
क्यानडाविरुद्धको अन्तिम खेलमा टस जितेर बलिङ गर्दै नेपाल
Photo: CAN


                        

                        काठमाडौं, माघ २९ । नेपाल र क्यानडा आज एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेल खेल्दैछन् । खेलमा नेपालले टस जितेर पहिला फिल्डङ गर्ने निर्णय लिएको छ ।

काठमाडौंको त्रिभुवन विश्वविद्यालय मैदान कीर्तिपुरको त्रिवि मैदानमा खेल बिहान सवा ९ बजेदेखि सुरु भएको हो । यो नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल हो । यसअघि भएको दुवै खेलमा जित हासिल गरेको नेपालले पहिलो खेलमा क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो ।

नेपाल एक खेल अगाडि नै विजेता बनिसकेको छ । यो शृङ्खला लगत्तै नेपालले फागुन ३ देखि १३ गतेसम्म नामिबिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक लिग टू शृङ्खला खेल्नेछ । यो खेल पनि कीर्तिपुरमा हुनेछ ।

आजको खेलमा यू १९ टिमका हेमन्त धामीले डेब्यु गरेका छन् । नेपालको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, देव खनाल, भीम सार्की, कुशल मल्ल, अनिल शाह, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी, ललित नारायण राजवंशी छन् भने बेन्चमा सोमपाल कामी, आसिफ शेख, रिजन ढकाल, सुर्य तामाङ छन् ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update