Kath khabar
गृह मन्त्रालयले भन्यो, फागुन १ गते बिदा छैन

                     काठमाडौं, माघ २९ । गृह मन्त्रालयले भोलि फागुन १ गते सार्वजनिक बिदा नभएको जानकारी दिएको छ ।  गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै उक्त दिनको बिदा कायम नरहेको स्पष्ट पारेका हुन् ।

सरकारले १ फागुनमा जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने घोषणा गरे पनि उक्त निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि बिदा कायम नरहेको हो ।  

‘सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल मन्त्रिपरिषद्को मिति २०८०/१०/२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग ५ मिति २०७९/१२/०२) मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ,’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update