Kath khabar
क्यानडाविरुद्धको एक दिवसीय सिरिजमा नेपालको क्लिन स्विप

 


                   काठमाडौं, माघ २९ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम खेलमा नेपालले क्लिनस्विप गरेको छ ।

ओपनर अनिलकुमार साह र भीम सार्कीले रेकर्ड साझेदारीसँगै शतक प्रहार गरेपछि क्यानडाविरुद्धको अन्तिम अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालले सहज जित निकालेको हो । दुवै खेलाडीको यो पहिलो शतक हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ८ विकेट गुमाएर २ सय ३२ रन बनायो । नवनित धलिवलको अर्धशतकसँगै निखिल दत्त र कप्तान साद बिन जफरले क्यानडालाई सामान्य स्कोरसम्म पुर्याएका थिए ।

अनिलले १ सय २४ बलमा १२ चौका र २ छक्का प्रहार गरे । भीमले १ सय २९ बलमा ११ चौका र १ छक्का जोडेका थिए । यसअघि पहिलो खेल ७ रन र दोस्रो खेल ४ विकेटले जितेको नेपालले ३-० ले सिरिज क्लिनस्विप गर्यो ।

 

 

 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update