Kath khabar
एसीसी महिला प्रिमियर कप : माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै

 

                     काठमाडौं, फागुन १ । एसीसी महिला प्रिमियर कपको आफ्नो तेस्रो खेलमा आज नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको बांगीस्थित वाइएसडी युकेएम ओभलमा बिहान ११ः१५ बजेदेखि सुरु भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दैछ ।

यस अघि लगातार दुई खेल जितेको नेपालले हङकङ र भुटानलाई समान ८–८ विकेटले हराएको थियो । माल्दिभ्स भने दुवै खेलमा हार व्यहोरेर प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल ४ अङ्कसहित समूह डी को शिर्षस्थानमा छ । आजको खेल जितेमा नेपाल समूह विजेता बन्नेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update