Kath khabar
विश्वज्योति मलमा खुल्दै 'राजा लाउञ्ज एण्ड क्लब'

 

                      काठमाडौं, फागुन ४ । बढ्दो आधुनिकीकरणसँगै मानिसहरु अहिले हरेक कार्यहरु क्लब तथा लाउञ्जमै गर्ने प्रवृत्ति बढेको छ । काठमाडौं उपत्यकामा अहिले त्यस्ता क्लबहरु धेरै मात्रामा स्थापना भइरहेका छन् ।

यसैबीच लामो समयदेखि यही क्षेत्रमा अनुभव बटुलेका मोडल, इभेन्ट म्यानेजर, संगीतकमर्मी तथा कोरियोग्राफर विनोद सिंहले काठमाडौं जमलस्थित विश्वज्योति मलमा सुविधा सम्पन्नयुक्त "राजा लाउञ्ज एण्ड क्लब" सञ्चालनमा ल्याउँदै हुनुहुन्छ ।

नयाँ वर्षलाई लक्षित गर्दै क्लबको निर्माण अहिले अन्तिम चरणमा पुगेको छ । ‘आगामी बैशाखदेखि सञ्चालन गर्ने लक्ष्य अनुसार काम भइरहेको छ’, उहाँले बताउनु भयो । निर्माणसँगै सञ्चालनको लागि विभिन्न तयारीहरू गर्दै हुनुहुन्छ सञ्चालक विनोद सिंह ।

उहाँका अनुसार क्लबको उद्घाटन नयाँ तरिकाले गरिनेछ । आफ्नै कला संस्कृतिलाई दर्शाउँदै पञ्चेबाजा, लाखे र धिमेबाजाका साथ नौलो शैलीमा उक्त क्लबको उद्घाटन गरिने तयारी भइरहेको सिंहले जानकारी दिनुभयो ।

पर्याप्त पार्किङसहित ३ सय देखि ३५० सम्मको क्षमता भएको उक्त क्लबमा बर्थडे पार्टी, सेमिनार, साना साना विवाह तथा व्रतबन्ध पनि गर्न सकिनेछ । आफ्नो व्यस्तताका बावजुद साँझपख केही बेर रमाउन चाहनेहरूको लागि स्वादिष्ट परिकारहरूसँग विभिन्न कलाकार तथा सेलिब्रेटीहरूको साथमा लाइभ म्युजिकमा रमाउन सकिने सिंह बताउनुहुन्छ ।

उहाँका अनुसार ग्राहकहरु मध्ये हप्तामा दुईजनाको लागि निःशुल्क सिनेमा टिकटको पनि व्यवस्था गरिनेछ । आवश्यकता अनुसार विस्तारै विस्तारै अझै विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू थप्दै लैजाने योजना रहेको पनि सिंहले बताउनुभयो ।

तयारी हुँदै गरेको राजा लाउञ्ज एण्ड क्लब :

 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update