Kath khabar
मूलपानी मैदानमा नेपाल ए र क्यानडा–११ भिड्दै

 
 

                     काठमाडौं, फागुन ६ । तीन खेलको एक दिवसीय अभ्यास खेलअन्तर्गत नेपालको ‘ए’ टोली र क्यानडा–११ बीचको पहिलो अभ्यास खेल आज मूलपानी क्रिकेट मैदानमा शुरु भएको छ ।

बिहान ९ः३० बजेदेखि शुरु भएको सुरु भएको खेलमा नेपालले टस हारेको छ । क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका हुन् ।

एईमा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास खेल खेल्न लागेको हो । नेपाल ‘ए’ को कप्तानी विनोद भण्डारीले गर्दैछन् ।

नेपालको प्लेइङ ११ मा विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, बसीर अहमद, सागर ढकाल, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, प्रतिश जिसी, राशीद खान, शाहब आलम, सन्दीप जोरा छन् भने बेन्चमा शेर मल्ल, रिजन ढकाल, सुजन थपलिया, हेमन्त धामी छन् ।

 

 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update