Kath khabar
गर्मी मौसममा खानुहोस् यि फलफूल

काठमाडौं, असार १६ । गर्मी मौसममा शरीरमा पुनर्जलीकरण गर्नुपर्ने तथा लु लाग्ने आम समस्या हो । यस समयमा खानेकुरामा विशेष ध्यान दिनु पर्दछ । गर्मीमा पानीको मात्रा बढी हुने फलहरु खानुपर्दछ । जसले गर्दा शरीरमा पानीको मात्रा पनि पुरा गरोस साथै पोषक तत्वको पनि कमी नहोस । गर्मी मौसममा यस प्रकारका फलफुल सेवन गर्न सकिन्छ ।

१. तरभुजा : तरभुजामा ९२ प्रतिशत पानीको मात्रा हुन्छ जसले गर्दा पुनर्जलिकरणको समस्या हटाउन सहयोग गर्दछ । विभिन्न पोषक तत्वले भरिएको फलले रोगप्रतिरोधात्मक शक्ति बढाउछ । यो फल स्वादिस्ट हुनका साथै मुटुका बिरामीका लागि अत्यन्त फाइदाजनक मानिन्छ ।

२. आँप : आँपको गुदी सिधै वा सलाद र जुस बनाएर पनि खान सकिन्छ । ८३ प्रतिशत पानी हुने यो फलमा पाइने एन्टी अक्सीडेन्टले विभिन्न खाले भाइरस तथा ब्याक्ट्रेरियासँग लड्न सहयोग गर्दछ । आँपले पाचन शक्तिलाई मजबुत बनाउने, कोलस्ट्रोल घटाउने तथा आँखा स्वस्थ पार्ने काम गर्दछ ।

३. सुन्तला : ८७ प्रतिशत पानी पाइने सुन्तला खादा पानीको मात्रा पुरा मात्र गर्दैन तुरुन्त शक्ति पनि दिन्छ । मुटु स्वस्थ पार्न सहयोगी यो फलमा भिटामिन सी प्रयाप्त मात्रामा पाइने हुदा छाला चम्कीलो पार्दछ ।

४. स्याऊ : दिनको एक स्याउ खाऊ विरामी भगाऊ भन्ने भनाइ चर्चित छ । बजारमा सबै सिजनमा उपलब्ध यो फलमा ८६ प्रतिशत पानी हुन्छ । सबै प्रकारका पोषक तत्वले भरिएको स्याउ खाँदा दाँत र हाड बलियो बनाउनका साथै मधुमेहका विरामीका लागि विशेष लाभदायक छ ।

५. स्ट्रेबरी : भिटामिन सी , भिटामिन बी र फोलेट पोटासियम जस्ता पोषण तत्वको धनी स्ट्रेबरीमा ८४ प्रतिशत पानी हुन्छ । कोलस्ट्रोल घटाउन तथा मुटुका विरामीलाई अति आबस्यक यो फल स्वादिलो हुन्छ । यसमा पाइने फाइबरले पाचन प्रणालीलाई मजबुत बनाउछ ।

६. भुई कटहर : ८६ प्रतिशत पानीको मात्रा हुने भुइकटहर एक रसिलो तथा स्वादिस्ट फल हो । भिटामिन सी, फाइबर तथा एन्टीअक्सीडेंन्ट गुण भएको यस फलमा म्याग्निज तत्व पनि हुन्छ । यसको सेवनले पानीको मात्रा बढाउनुका साथै हाड र छाला स्वस्थ बनाउछ ।

७. मेवा : मधुमेहका विरामीलाई फाइदा गर्ने मेवाले शरीरमा लाग्ने अनाआवस्यक बोसो हटाउन सहयोग गर्दछ । एन्टीअक्सिडेंन्ट गुण भएको यो फलमा भिटामिन सी तथा फाइबर पाइन्छ ।

८. किम्बू : गाउँघरतिर फलका लागि भन्दापनि बाख्राको घाँसका लागि लगाइने किम्बू मानव स्वास्थ्यका लागि पनि अति लाभदायक छ । यसको पाकेको फलमा ८४ प्रतिशत पानीको मात्रा पाइन्छ । यसको सेवनले रगत सफा गर्दछ साथै मस्तीस्क स्वस्थ राख्दछ । एन्टीअक्सिडेंन्ट गुण भएको हुँदा शरीरको इम्युन पावर बढाउँछ । रुघाखोकीका बिरामीलाई यसले राहत दिन्छ ।


 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update