Kath khabar
विश्वकप क्रिकेट लिग २ : नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
तस्विर क्यान

 

                     काठमाडौं, फागुन ९ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध सिरिजको तेस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाल आज बदला लिने तयारीमा छ।

नेपालले आज टोलीमा एक परिवर्तनगर्दै गुल्सन झालाई बेन्चमा राखेर करण केसीलाई प्लेइङ-११ मा समेटेको छ । यसअघिको खेलमा करण बेन्चमा थिए ।

नेपालको प्लेइङ ११  मा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, ललित राजवंशी र देव खनाल छन् भने बेन्चमा आरिफ शेख, पवन सर्राफ, गुलशन झा र सूर्य तामाङ

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update