Kath khabar
काठमाडौंको सितापाइलामा एक महिला र दुई बालबालिका मृत अवस्थामा फेला

 

                       काठमाडौं, फागुन ९ । काठमाडौंको सितापाइलामा एक महिला र दुई बालबालिका मृत अवस्थामा फेला परेका छन् । नागार्जुन नगरपालिका-६ सितापाइलामा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार घरको कोठाभित्र एक महिला र दुई बच्चाको शव फेला परेको हो । धारिलो हतियार प्रयोग गरी हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

शव फेला परेको खबर आएपछि प्रहरी घटनास्थलमा पुगेको छ। बिस्तृत विवरण भने आउन बाँकी रहेको एसपी अधिकारीले बताए । शव फेला परेको खबर आएपछि प्रहरी घटनास्थलमा पुगेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update