Kath khabar
श्रीमती, छोरी र नातिनीको हत्यापछि श्रीमानले पनि गरे झुण्डिएर आत्महत्या

 

                     काठमाडौं, फागुन ९ । काठमाडौंको सीतापाइलामा तीन जनाको शव फला परेको घटनामा थप एक जना पनि झुण्डिएको अवस्थामा फेला परेका छन् ।

महिलाका श्रीमान राजु घिमिरे भन्ने काजी बिक पनि हरिसिद्धिको जंगलमा झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरी वृत स्वयम्भूका एक प्रहरी अधिकृतले जनाएका छन् । आमा र दुई नाबालिगको हत्या गरी श्रीमान्‌ले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक आशंका गरेको छ ।

मृत फेला पर्नेमा सोलुखुम्बु घर भई काठमाडौंको नागार्जुन नगरपालिका-६ बैराग टोलमा बस्ने ३८ वर्षीया ईश्वरी श्रेष्ठसहित उनकी छोरी ८ वर्षीया अनिशा श्रेष्ठ र २ वर्षीया नातिनी शिवानी श्रेष्ठ रहेको बताइएको छ ।

घटनास्थलबाट ह्यामर र कैची फेला परेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ ।

 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update