Kath khabar
आइसीसी विश्वकप लिग-२ : नामिबियासँग नेपालको लगातार दोस्रो हार

 

                       काठमाडौं, फागुन ९ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नामिबियासँग फेरि एकपटक हार बेहोर्नुपरेको छ । टियु मैदानमा बुधबार भएको खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो ।

१६८ रनमा समेटिएको नेपाल विरुद्ध नामिबियाले ४० ओभरमा लक्ष्य पूरा गर्दै २ विकेटको जित हात पार्‍यो । टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको नेपालले निर्धारित ओभर पनि खेल्न सकेन । 

नेपालका लागि आसिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३६, भिम सार्कीले २६ तथा कुशल भुर्तेलले १८ रन बनाएर आउट भएका थिए ।

नेपालका तीन ब्याट्सम्यान शुन्य रनमा पोविलियन फर्किए । अनिल साह, देव खनाल र कप्तान रोहित पौडेल शुन्य रनमा आउट भएका हुन्।

नामिबियाका लागि कप्तान गेहार्ड इरामुसले अर्धशतकसहित ५२ रन बनाए भने माइकल भानले ३१ रन बनाए । त्यस्तै रुबेनले १६ रन बनाए भने  जेएस स्मिथ ३४ रनमा अविजित रहे।

यो जितसँगै नामिबियाले नेपाल विरुद्धको खेलबाट ४ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ । अब लिग–२ को यस सिरिजको अर्को खेल आगामी शुक्रबार नामिबियाले नेदरल्याण्डसको सामना गर्ने छ ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update