Kath khabar
क्यानडा-११ सँग निर्णायक खेल खेल्दै नेपाल 'ए'

 

                    काठमाडौं, फागुन १० । नेपाल ‘ए’ सँगको तेस्रो एक एकदिवसीय सिरिजको निर्णायक खेलमा क्यानडा-११ ले टस जितेको छ । मुलपानी क्रिकेट मैदानमा क्यानडा-११ का कप्तान साद बिन जफरले टस जितेर फिल्ड गर्ने निर्णय लिएका छन् ।

पहिलो खेलमा क्यानडा–११ सँग ४ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भने क्यानडालाई २ विकेटले हराएको थियो । नेपाल ‘ए’ कप्तानी सन्दीप जोराले गरेका छन् ।

नेपालको प्लेइङ-११ मा अर्जुन कुमाल, बसीर अहमद, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, सुजन थपलिया, हेमन्त धामी, आशुतोष घिरैया, प्रतिश जिसी छन् भने बेन्चमा रिजन ढकाल, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, विनोद भण्डारी रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update