Kath khabar
कब्जियत पीडित व्यक्तिलाई यो योगले राहत दिन सक्छ

                

                  काठमाडौं, फागुन १० । दिसा नियमित नहुने वा हुँदा निकै बल गर्नुपर्ने अवस्था कब्जियत (Constipation) हो । कब्जियत पीडित व्यक्तिहरूले अन्य मानिसको तुलनामा कम पटक शौच गर्छन् । यही कारण उनीहरूको पेट भारी हुन्छ, शरीर छरितो महसुस हुँदैन । खानामा अरुचि हुन्छ । कब्जियतको कारण कत्तिलाई वान्ता र टाउको दुख्ने समस्या हुन्छ ।

कब्जियतको समयमै उपचार नगरेको अवस्थामा आन्द्रा सम्बन्धी गम्भीर समस्या, पायल्स, फिस्टुला, फिसरजन्य रोग समेत लाग्न सक्छ । त्यसैले कब्जियतका रोगीले खानपिनमा ध्यान दिनु महत्त्वपूर्ण हुन्छ ।

यसको समाधानको बारेमा चेतना नभएका कारण धेरै मानिसहरु वर्षौंसम्म यसबाट समस्यामा छन् । घरमै बसेर केही साधारण काम गरेर यसको उपचार गर्न सकिन्छ । यदि तपाइँ कब्जियतबाट पीडित हुनुहुन्छ वा दिसा पास गर्न समस्या छ भने, योगले तपाइँलाई राहत दिन सक्छ ।

 कसरी गर्ने

  • आफ्नो घुँडा झुकाउनुहोस् र स्क्वाट पोजिसनमा बस्नुहोस् र दुबै हातहरू घुँडामा राख्नुहोस्
  • बायाँ खुट्टाको घुँडालाई दाहिने खुट्टाको औंलाको अगाडि तल झुकाएर भुइँमा राख्नुहोस्
  • यहाँ बायाँ घुँडा र खुट्टाले जमिन छुनेछ
  • अब हातको सहायताले पेटतर्फको दाहिने खुट्टा थिच्नुहोस् र घाँटीलाई पनि दायाँतिर फर्काउनुहोस्।
  • यथाशक्ति रोकिएपछि अर्को खुट्टातिर पनि यस्तै गर्नुहोस्
  • यसलाई दुवैतर्फ पाँच-छ पटक अभ्यास गर्नुहोस् ।

 

फाइदा

  • कब्जियत, ग्यास, डकार आदि पेटको रोगमा यो निकै फाइदाजनक हुन्छ
  • मल पास गर्ने प्रक्रियालाई सरल बनाउन मद्दत गर्दछ
  • मोटोपना घटाउन सहयोगी हुन्छ
  • खुट्टाका सबै स्नायुहरूलाई बलियो बनाउँछ र तिनीहरूलाई लचिलो बनाउँछ
  • यसले महिलाको पाठेघर र अण्डाशयलाई बलियो बनाउँछ ।

नोट : यदि तपाईको घुँडामा दुखाइ छ भने, यो अभ्यास नगर्नुहोस्।

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update