Kath khabar

रामल्लाह,  फागुन १२  । इजरायली सार्वजनिक रेडियोले जनाए अनुसार इजरायलले जेरुसेलमको पूर्वमा माले अदुमिम बस्तीमा करिब २ हजार ३५० आवास एकाइहरू, शहरको दक्षिणपूर्व केदार बस्तीमा लगभग ३०० इकाइहरू र ७०० घरहरू निर्माण गर्ने योजना बनाएको छ।
प्यालेस्टाइनी प्रधानमन्त्रीले विज्ञप्ति जारी गर्दै बस्ती निर्माण योजना "अन्तरराष्ट्रिय समुदायका लागि स्पष्ट चुनौती र स्वतन्त्र प्यालेस्टाइन राज्य स्थापनाको सम्भावनालाई कमजोर पार्ने" प्रपञ्च भएको बताउनु भएको छ । उहाँले इजरायलले आफ्नो नयाँ बसोबासका कदमहरूको घोषणाले  संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा अमेरिकी भिटो शक्तिको समर्थनबाट हौसिएर कानूनको अवहेलना गर्ने हठ उजागर गरेको देखिन्छ ।
सिन्ह्वाका अनुसार  प्यालेस्टाइनी विदेश मामिला र प्रवासी मन्त्रालयले इजरायली योजनाले "अन्तरराष्ट्रिय वैधानिकता प्रस्तावहरू, विशेष गरी सङ्कल्प २३३४लाई चुनौती दिएको र राजनीतिक माध्यमबाट द्वन्द्व समाधान गर्ने प्रयासहरूलाई कमजोर पारेको देखिन्छ ।
इजरायली बस्तीहरूको विस्तार प्यालेस्टाइन-इजरायली द्वन्द्वको सबैभन्दा विवादास्पद पक्षको रूपमा खडा भएको छ ।  सन् २०१४ मा दुई पक्षहरू बीचको शान्ति वार्ता असफल हुनुमा यो नै प्रमुख कारण थियो ।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update