Kath Khabar
गायक भिम श्रेष्ठको ’ओ माई लर्ड’ सार्वजनिक

काठमाडौं, बैशाख ३
केहि महिना अघि ’माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ’ओ माई लर्ड’को म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । 
रोमान्टिक भर्सनको यो गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक भिम श्रेष्ठको रहेको छ । यो गीतलाई शैलेन्द्र एम प्रधान ’बाबु’ ले संगीत संयोजन गर्नुभएको हो , 
म्युजिक भिडियोमा गायक श्रेष्ठ र गरिमा शर्मा बीचको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ । अर्जुन तिवारीले छायांकन गर्नुभएको यो गीतलाई सुप्रिम पराजुलीले सम्पादन गर्नुभएको हो । शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो । यो गीत गायक श्रेष्ठको आधिकारिक च्यानल ’भिम श्रेष्ठ अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो ।   
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  २३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update