Kath Khabar
थप २८९२ जनामा कोभिड १९ को संक्रमण

काठमाडौँ, १६ असार । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार आठ सय ९२ जनामा कोरोनाई भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभर ११ हजार पाँच सय ६८ जनामा परिक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।  

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यस अवधिमा तीन हजार पाँच सय ९७ जना निको भएकाछन् । देशभर कोरोना संक्रमितको कुल संख्या छ लाख ३८ हजार आठ सय पाँच (पीसीआर) र ३४ हजार नौ सय ४४ (एन्टिजेन) जना पुगेको छ । यस्तै निको हुने संख्या पाँच लाख ९६ हजार एक सय ३२ र मृतकको संख्या नौ हजार एक सय १२ पुुगेको मन्त्रालयले जनाएको छ ।  

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update