Kath khabar
आइसिसी क्रिकेट विश्वकप लिग २ - नेपालको तेस्रो हार
तस्विर: क्यान

 

                    काठमाडौं, फागुन १३ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई ८ विकेटले पराजित गरेको हो । यसअघिको खेलमा ९ विकेटले पराजय व्यहोरेको नेदरल्यान्ड्सले आजको जितले नेपालसँग बदला लिएको छ ।

नेपालले जितका लागि प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३८ औं ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । यससँगै नेपालले लिग-२ अन्तर्गत घरेलु मैदानमा ३ हार बेहोरेको छ ।

 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update