Kath khabar
१४ किलो सुन प्रकरणमा मुछिएका प्लाटिनम कलेजका अध्यक्ष गुरुङ पक्राउ

 

                 काठमाडौं, फागुन १४ । १४ किलो सुन प्रकरणमा मुछिएका डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवन कुमार गुरुङ पक्राउ परेका छन् ।

दुबईबाट १४ किलो सुन तस्करी गरी ल्याएको घटनामा जोडिएका गुरुङलाई सामाखुशीबाट पक्राउ गरिएको हो । सीआईबीले उनलाई भन्सार र राजस्व कार्यालयमा बुझाउने तयारी गरेको छ ।

गत मंसिर २१ गते फ्लाई दुबईबाट आएका गोरखाका चन्द्रबहादुर घलेको साथबाट बरामद भएको १४ किलो सुन प्रकरणाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको पाइएको थियो । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार रहेका थिए ।

भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय भइरहेको तस्करी प्रकरणको मुख्य नाइके समेत गुरुङ रहेको दाबी गर्दै थप छानबिन र अनुसन्धान गरिरहेको थियो ।

 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update