Kath Khabar
१८ बर्षको अन्तरालमा गंगा बरदानको नयाँ गीत रिलिज

काठमाडौं, असार १७ । लोकप्रिय लोकगायक गंगा बरदानले आफ्नो नयाँ गीत धराने हावा तोङ्गबाको पानी युट्युब मार्फत सार्वजनिक गर्नुभएको छ । विभिन्न सांगीतिक कार्यक्रमहरुमा श्रोता-दर्शकहरुले मनपराएको उहाँको यो नयाँ गीत अहिले लिरिकल भिडियोको रुपमा रिलिज गरिएको हो ।

२०२५ सालमा भोजपुरको दिङ्गलामा आयोजित जिल्लाब्यापी लोकगीत प्रतियोगिताम आफ्नै संकलनमा दाई त् काले भाई पनि काले गीत गाएर प्रथम स्थान हासिल गर्नुभएका गंगा बरदानले २०३१ सालमा धरानमा आयोजित पुर्वाञ्चलब्यापी लोकगीत तथा नृत्य प्रतियोगितामा छपनीले छान छान डबकीले हान  गीत गएर प्रथम हुुनुभएको थियो भने २०३५ सालमा रेडियो नेपालमा कहाँमा काट्यो बेतको लौरी आफ्नै शब्द, संगीत र स्वरमा रेकर्ड गर्नुभएको थियो । २०५५ सालमा गंगा बरदान भाग -१ , २०५७ मा भाग -२ र २०६० मा भाग -३ एल्बम बजारमा ल्याएका गायक बरदानले त्यस यता भने कुनै एल्बम तथा गीतहरु बजारमा ल्याउनुभएको छैन ।

अहिले आएर १८ बर्षपछि उहाँको नयाँ गीत रिलिज भएको छ । हाइकिङ्ग बाबाकोरुपमा धरानमा परिचित तथा सेवक अभियानका अभियानकर्ता राजिब हलवाईको रचना तथा बरदानकै संगीत रहेको तथा सृजन नेपालको संगीत संयोजन तथा मिक्सिङ्ग रहेको उक्त गीतको चांडै भिडियो समेत बनाइने भएको छ । उमेरले ६९ टेकेका र गीत -संगीतमा लागेको ५० बर्ष काटेका गायक बरदान आफ्ना केही पुराना गीतहरु समेत आफ्नो स्वरमा फेरि रिरेकर्ड गर्ने योजनामा रहनुुभएको छ ।

हाल आफ्नो श्रीमतीको साथ धरानमै बसोबास गर्ने गायक, रचनाकार तथा संगीतकार गंगा बरदानका छपनीले छान, कहाँमा काट्यो बेतको लौरी, बजारै भरौन धरानै, सुपाडी कुटुक्क, माया गर्ने बानी उल्टै गर्छ हानी, जीउको मासु , अरुनै तर्यो जस्ता थुप्रै लोकप्रिय गीतहरु रहेका छन् ।

गितको भिडियो लिंक
https://youtu.be/XtAlH8trdo0

 

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update