Kath khabar
त्रिकोणात्मक टी-२० सिरिज : नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जित्यो

 

                    काठमाडौं, फागुन १६ । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।

आजको खेलमा दुई परिवर्तन भएका छन् । विवेक यादव र अभिनाश बोहोराको स्थानमा ललित नारायण राजवंशी र प्रतिश जिसी टोलीमा आएका छन् ।

नेपालको टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, ललित नारायण राजवंशी, प्रतिश जिसी रहेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update