Kath khabar
त्रिकोणात्मक टी-२० सिरिज : नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

 

                 काठमाडौं, फागुन १६ ।  त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ ।

नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १८२ रनमात्र बनाउन सक्यो । नेपालका दीपेन्द्र सिंह ऐरीले ६३ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ५०, आसिफ शेखले ३४ रन बनाए । नेदरल्यान्ड्सका रोल्फ भान डेर मेर्वे र सायब्रान्ड एङ्गेलब्रेच्टले समान २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो । नेदरल्यान्ड्सका माइकल लेभिटले ५४, सायब्रान्ड एङ्गेलब्रेच्टले नट आउट ४९ रन बनाए । नेपालका करण केसी र कुशल मल्लले समान १ विकेट लिए । त्रिदेशीय शृङ्खलामा नेपाल सहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन् ।

नेपाल पहिलो खेलमा हिजो नामिबियासँग २० रनले पराजित भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update