Kath khabar
२०२३ मा सिङ्गापुरको कुल प्रजनन दर न्यून


                   सिङ्गापुर, फागुन १७ । सन् २०२३ मा सिङ्गापुरको कुल प्रजनन दर ०.९७ मा झरेको देखाएको छ ।  यो दर पहिलो यसरी तल झरेको प्रधानमन्त्री कार्यालयका मन्त्री इन्द्रानी राजाले बुधबार संसद्मा बताउनु भएको छ ।

अघिल्लो पाँच वर्षको अवधिको तुलनामा विगत पाँच वर्षमा कमै सिंगापुरवासीहरूले विवाह गर्ने र बच्चा जन्माउने गरेको इन्द्रानीले उल्लेख गर्नु भएको छ ।

उहाँले कोभिड-१९ ले केही दम्पतीको विवाह र अभिभावकत्व योजनामा ढिलाइ, बच्चा हुर्काउनको लागि आर्थिक लागतको दबाब, काम-जीवन सन्तुलनको चिन्ता, र प्राथमिकताहरूमा पुस्ताको परिवर्तन जस्ता धेरै कारणहरूले गर्दा  जनसङ्ख्या वृद्धिमा कमि आएको पाइएको छ ।

युवाहरूले विवाह वा अभिभावकत्वलाई जीवनको महत्त्वपूर्ण लक्ष्यको रूपमा हेर्न छोडेको पनि प्रारम्भिक  अनुसन्धानले देखाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update