Kath khabar
बलिउड अभिनेत्री दीपिका पादुकोण र रणबीर अभिभावक बन्दै

 

                काठमाडौं, फागुन १७ । बलिउड अभिनेत्री दीपिका पादुकोण र रणबीर सिंह पाँच वर्षपछि अभिभावक बन्न लागेका छन् । दीपिका पादुकोणले आफ्नो आधिकारिक इन्स्टाग्राम पेजमा गर्भवती भएको खबर सार्वजनिक गरेकी छिन् ।

रणवीर सिंहले पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा यो पोस्ट सेयर गरेका छन् । उनले एउटा फिचर तस्बिर सेयर गरि उनको बच्चा सेप्टेम्बर २०२४ मा आउँदैछ भनेर बताएकी छिन् ।

यसअघि दीपिका पादुकोण गर्भवती छिन् भन्ने अड्कलबाजी गरिएको थियो तर अब अभिनेत्री आफैंले यो खुसीको खबर सुनाएकी छिन् । ७७ औं ब्रिटिस एकेडेमी फिल्म अवार्ड (बाफ्टा) मा रेड कार्पेटमा सारी लगाएर बेबी बम्प देखिएदेखि नै दीपिकाको गर्भावस्थाको खबरहरु आइरहेका थिए ।

यसअघि पनि दीपिकाले आफू र रणवीरलाई बच्चाहरु मनपर्ने र उनीहरु आफ्नो परिवार सुरु गर्ने दिनको प्रतिक्षामा रहेको बताएकी थिइन् । दीपिकाले एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा पनि आफ्नो गर्भावस्था भएको पुष्टि गरेकी थिइन् ।

दीपिका पादुकोण र रणवीर सिंहको भेट सञ्जय लीला भन्सालीको फिल्म ‘रामलीला’को सेटमा भएको थियो । उनीहरुले नोभेम्बर २०१८ मा विवाह गरेका थिए । यसअघि उनीहरु पाँच वर्षसम्म प्रेम सम्बन्धमा थिए । अब यो जोडी पाँच वर्षपछि अभिभावक बन्न लागेका छन् ।

दीपिका पछिल्लो पटक शाहरुख खानको सुपरहिट फिल्म ‘जवान’ मा देखिएकी थिइन् । उनी अब रोहित शेट्टी निर्देशित फिल्म ‘सिंघम अगेन’ मा देखिनेछिन् ।

 

 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update