Kath Khabar
पछिल्लो २४ घण्टामा थप २७६० संक्रमित

काठमाडौं, असार १७ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाईरस (कोभिड १९) बाट थप दुुई हजार सात सय ६० जना संक्रमित भएकाछन् । मन्त्रालयका अनुसार यस अवधिमा १० हजार नौ सय ८५ जनामा आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा दुुई हजार सात सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।

यस अवधिमा कोभिड १९ को संक्रमणबाट नेपालमा थप ३३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यो समेत गरेर कोभिड १९ का कारण मृत्यु हुनेहरुको संख्या नेपालमा नौ हजार एक सय ४५ पुुगेको छ । 

यसैगरी पछिल्लो २४ घण्टामा चार हजार १४ जना संक्रमणमुक्त भएकाछन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार तीन सय ६८ रहेको मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप चार सय १९ जना संक्रमित थपिएकाछन् । जसमध्ये काठमाडौं जिल्लामा तीन सय १६, भक्तपुर जिल्लामा २९ र ललितपुर जिल्लामा ७४ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार उपत्यकामा अहिले आठ हजार तीन सय ५४ जना सक्रिय संक्रमित रहेकाछन् । 

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update