Kath khabar
नेदरल्यान्ड्स र नामिबियाबीचको लिगचरणको अन्तिम खेल वर्षाका कारण अवरुद्ध


                  काठमाडौं, फागुन २० ।  टी-२० आई त्रिदेशीय शृंखलाअन्तर्गत लिगचरणको अन्तिम खेलमा नेदरल्यान्ड्स र नामिबिया आमने सामने छन् । तर, खेल चलिरहँदा वर्षा बाधक बनेको छ । 

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको हो ।

शृंखलाको फाइनलमा नेपालसँग भेटका लागि आज ठूलो अन्तरले जित निकाल्नु पर्ने दबाबमा रहेको नामिबियाले अपेक्षाकृत ठूलो स्कोर बनाउने सम्भावना न्युन देखिएको छ । 

यद्यपि, पहिलो खेलमा नेपाल विरुद्ध विस्फोटक ब्याटिङ गरेर कम बलमा शतकको नयाँ विश्वकीर्तिमान राखेका निकोल इटन क्रिजमा छन् । उनले २९ बलमा २ छक्का र २ चौकाको सहयोगमा ३४ रन बनाइसकेका छन् । उनलाई १० बलमा ११ रन बनाएर जेनी ग्रिनले साथ दिइरहेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update