Kath khabar
बालुवाटारमा प्रदर्शन गर्न पुगेका मिटरव्याजी पीडितहरु प्रहरीको नियन्त्रणमा
File Photo

 

                   काठमाडौं, फागुन २३ । बालुवाटारमा प्रदर्शन गर्न पुगेका मिटरव्याजी पीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  उनीहरुलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट पक्राउ गरिएको हो ।

प्रदर्शनकारीहरूले बालुवाटारको निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहित १६ जनालाई पक्राउ प्रहरीले गरेको हो । प्रधानमन्त्री निवासभित्र गठबन्धन छलफल चलिरहेको समयमा मिटरब्याज पीडितहरुले निषेधित क्षेत्र तोडेका थिए ।

 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update