Kath khabar
महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा यसरी गरिदैंछ ट्राफिक ब्यवस्थापन


                  भक्तपुर, फागुन २४ । महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पवित्र पशुपति क्षेत्रमा आज राती देखिनै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी  साधनलाई  डाईभर्सन गरिने भएको छ ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो-बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाईभर्सन गरिने छ ।

त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगल पुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ । गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भुमिका निर्वाह गर्न सम्पुर्ण चालकहरुलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले अनुरोध समेत गर्नुभयो ।

आवश्यकता अनुसार डाईभर्सन गरिने स्थानहरु :
- चावहिलबाट गौशालातर्फ ।
- पुरानो बानेश्वरबाट गौशालातर्फ ।
- ज्ञानेश्वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।
- द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग ।
- सिफल चौरबाट जयबागेश्वरीतर्फ ।
- लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ ।
- गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ ।
- तिलगंगाबाट गौशालातर्फ ।
- मालबावहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल, तिलगंगातर्फ ।
- जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ ।
- सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग ।
- जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।
तर मालबाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक र भक्तजनहरुका निजी सवारी साधनहरुलाई ट्राफिक चाप र अबस्था हेरी व्यबस्थापन र डाईभर्सन गरिने छ ।

मालबाहक सवारी साधनलाई गरिने डाईभर्सन
- कोटेश्वर, तिनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालवाह सवारी साधनहरु जडिवुटी, काँडाघारी हुँदै बौद्वतर्फ संचालन हुने,
- कोटेश्वर तिनकुने हुदैं पशुपति वरपर तर्फ जाने मालवाहक सवारी साधनहरु तीनकुने आसपास व्यबस्थापन गरिने ।
- महाराजगंज, चावहिल हुदैं पशुपती वरपर जाने मालवाहक सवारी साधनहरु धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने ।
- कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल  हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।

पार्किङ्गको व्यबस्थापन गरिएका स्थानहरु
- सिफल चौर (दर्शानार्थीहरुको)
- कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
- भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
- तिलगंगाको खाली स्थान र करिडोरमा (तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु)
- वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु)
- गृहेश्वरी पारी (तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु)

 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update