
काठमाडौं, असार १८। स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप दुुई हजार दुुई सय ९९ जना कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित भएकाछन् । मन्त्रालयका अनुसार देशभर १० हजार पाँच सय ९६ ओटा नमुनाको परीक्षण गर्दा कुुल दुुई हजार दुुई सय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ३४ जना कोभिड १९ संक्रमितको मृत्यु भएको छ । सो समेत गरेर नेपालमा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको कुल संख्या नौ हजार एक सय ७९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार चार सय ५१ जना संक्रमणमुक्त भएकाछन् ।
काठमाडौ उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप चार सय २८ जना संक्रमित थपिएकाछन । सो मध्ये काठमाडौं जिल्लामा तीन सय १६, भक्तपुर जिल्लामा ३४ र ललितपुरमा ७८ जना संक्रमित थपिएका हुुन । मन्त्रालयका अनुसार यो समेत गरेर उपत्यकामा सक्रिय संक्रमितको संख्या आठ हजार एक सय ४८ पुुगेको छ ।