Kath khabar
दशपटकसम्म  स्वतन्त्र उठेर वडाध्यक्ष जितेका नरसिंह व्यञ्जनकारको निधन


                   काठमाडौं, फागुन २८ । ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ ।

लगातार दशपटक स्वतन्त्र उम्मेदवारी दिएर वडाअध्यक्षमा निर्वाचित हुनुभएका ललितपुर महानगरपालिका वडा १० का पूर्व वडा अध्यक्ष नरसिंह व्यञ्जनकारको आइतबार नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो। व्यञ्जनकारलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार अस्पताल लगिएको थियो ।

गएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार उठेका आफ्नै ४४ वर्षीय भतिज रविनमान व्यञ्जनकारसँग उहाँ पराजित हुनुभएको थियो । यसअघि व्यञ्जनकार लगातार दसपटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर वडा नम्बर १० का अध्यक्षमा निर्वाचित हुनुभएको थियो।

२०२९ सालबाट व्यञ्जनकारको वडाध्यक्ष यात्रा सुरू भएको थियो । २०७४ मा पनि उहाँले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जित्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update