Kath khabar
यात्रुवाहक बसमा आगजनी

मलङ्गवा, फागुन २८ । मलङ्गवा–नवलपुर सडकखण्ड अन्तर्गत सर्लाहीको कविलासी नगरपालिका–१०, सलेमपुर चोकस्थित एक साइकलयात्रीलाई ग २ ख १४४० नम्बरको यात्रुवाहक बसले  आज बिहान ठक्कर दिएपछि आक्रोशित भीडले बसमा गरेको आगजनीबाट जल्दै गरेको बस । बसको ठक्करले गम्भीर घाइते भएका कविलासी नगरपालिका–१०, सलेमपुरका जुगल किशोर महतोलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि  थप उपचारका लागि काठमाडौँ पठाइएको छ । तस्बिर - विश्वनाथ ठाकुर

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update