Kath khabar

 

                   कीर्तिपुर, फागुन २८ । एकैपटक तीनवटा नेवारी गीतहरूको विमोचन कार्यक्रम आज कीर्तिपुर सिनेप्लेक्समा सम्पन्न भएको छ ।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमामा सम्पन्न भएको उक्त कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक तथा साहित्यकार प्रकाश सायमी, गैह्र नेवार भएपनि नेवारी कला संस्कृतिलाई असाध्यै माया गर्ने वरिष्ठ हास्य कलाकार किरण के.सी, नायक धिरेन शाक्य, नायिका भिन्तुना जोशी लगायतको उपस्थिति रहेको थियो ।

के वि एस लुभु प्रोडक्सन हाउसले प्रस्तुत गरेको उक्त म्युजिक भिडियोहरूको लगानीकर्ता आर वि डायमन्ड ज्वेलर्सकी अध्यक्ष सरिता महर्जन हुनुहुन्छ ।

उक्त म्युजिक भिडियोहरुमा समावेश 'पुलुक्क स्वेइम्ह', 'खोपनिचा' बोलको गीतमा देवेन्द्रमान सिं र मिना निरौलाको स्वर र रत्न बेहोसीको शब्द/संगीत रहेको छ । यस्तै 'जुल रे जुल' बोलको गीतमा यमन श्रेष्ठ र सविना मानन्धरको स्वर र बुद्ध सायमीको संगीत रहेको छ भने 'मिखा मिखाया' बोलको गीतमा कृष्ण महर्जनको स्वर, उमेश स्थापितको शब्द र अनिल तुलाधरको संगीत रहेको छ । 

तीनवटै म्युजिक भिडियोमा कलाकार धिरेन शाक्य, भिन्तुना जोशी, रवि डंगोल ‘बेमान‘ सरिता महर्जन, ज्यापुनी इन्दु, पल्पसा श्रेष्ठ, नेहा मालाकार, मिरा डंगोल, सुष्मा श्रेष्ठ, सत्य नेम्कुल, गिता महर्जन, शनिस नेम्कुल, मिना लामा आदि कलाकारहरुको अभिनय रहेको छ । 

शैलेस श्रेष्ठको छायांकन रहेको उक्त भिडियोहरुको निर्देशन बाल मुकुन्द प्रजापतिले गर्नुभएको छ । म्युजिक भिडियोहरु निर्भाना मिडिया नेपालको युट्युब च्यानलमा हेर्न सकिनेछ । 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update