Kath khabar
पाकिस्तानको पञ्जाबमा आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु, २ जना घाइते

इस्लामाबाद, फागुन २९, (रासस-सिन्ह्वा) ।  पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु  भएको छ  भने २ जना गम्भीर घाइते भएका छन् ।
उक्त तीनतले भवन मङ्गलबार बिहानै भत्केको जानकारी पाउँनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपतकालीन अधिकारी कलीम उल्लाहले सिन्ह्वालाई बताउँनु भएको छ ।घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको उहाँले जानकारी दिनु भएको छ । मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेको उल्लाहले बताउँनु भएको छ ।  भवन भत्किनुको कारणबारे अनुसन्धान शुरु गरिएको छ ।  
 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update