Kath khabar
स्वास्थ्य बीमाका बिरामीले अब उपचार गर्दा २० प्रतिशत रकम आफैले तिर्नुपर्ने


                    काठमाडौं, फागुन २९ । स्वास्थ्य बीमाका बिरामीले अब निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ ।

गत २४ फागुनमा बसेको बोर्ड बैठकले सरकारीमा १० प्रतिशत र निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउनेले २० प्रतिशत सह भुक्तानी (को पेमेन्ट) गर्ने निर्णय गरेको हो ।

यसअघि गत २७ मंसिरमा बसेको बैठकले स्वास्थ्य बीमामा आवद्ध भएका सदस्यहरुले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका अस्पतालहरुमा उपचार गराउँदा १० प्रतिशत सह भुक्तानी निर्णय गरेको थियो। त्यसको कार्यान्वयन १ माघ देखि भएको थियो ।

स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्न निजी तथा सामुदायिक अस्पतालहरुमा २० प्रतिशत को पेमेन्टको व्यवस्था गर्ने निर्णय भएको बोर्डका अध्यक्ष डा गुणराज लोहनीले बताए । बोर्डले यो व्यवस्था कहिले देखि सञ्चालनमा आउने भनेर स्पष्ट गरिसकेको छैन।

स्वास्थ्य बीमा कार्यक्रममा प्रति परिवार (५ जना सदस्य)ले वार्षिक ३५०० रुपैयाँ तिर्दा वार्षिक १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने व्यवस्था छ । त्यसमा अहिलेसम्म १० प्रतिशत सहभुक्तानीको रुपमा बिरामी पक्षले तिर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update