Kath khabar
त्रिकोणात्मक शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा

 

                काठमाडौं, फागुन ३० । हङकङमा जारी  त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पिएनजी) खेल्दैछन् ।

खेल नेपाली समयअनुसार मध्यान्ह ११ः४५ बजे हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले मंगलबार सम्पन्न खेलमा पिएनजीलाई ८५ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो भने पपुवा न्युगिनीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनल पुगेको थियो।

नेपाली टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम रहेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update