
काठमाडौं, असार १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार तीन सय २८ जना कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमित भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार एक सय ३३ जनाको स्वाब नमुनाको परीक्षण गर्दा कुुल दुुई हजार तीन सय २८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो ।
जसमध्ये पाँच हजार आठ सय ३७ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय २७ र चार हजार दुुई सय ९६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा आठ सय एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार यस अवधिमा थप १९ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । यो समेत गरी कोभिड-१९ बाट मृत्यु हुुनेहरुको कुुल संख्या नेपालमा नौ अर्ब एक सय ९८ जना पुगेको छ । यसैगरी मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ६६ जना कोभिड-१९ को संक्रमणबाट मुक्त भएको जानकारी दिएको छ । समेत गरी नेपालमा कोभिड-१९ को संक्रमणबाट मुक्त हुुनेहरुको संख्या हालसम्म छ लाख छ हजार छ सय ६६ जना पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो अवधिसम्ममा नेपालमा कुुल सक्रिय संक्रमितहरुको संख्या भने २७ हजार सात सय १६ जना पुगेको छ ।
काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टासम्ममा थप तीन सय ७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये काठमाडौं जिल्लामा मात्र दुुई सय ४६, भक्तपुर जिल्लामा ४९ र ललितपुर जिल्लामा ८१ जना संक्रमित थपिएका हुन, मन्त्रालयले भनेको छ ।