Kath khabar
कान्ति लोकपथ आजदेखि वैशाख १५ गतेसम्म यातायात सञ्चालन गर्न रोक


               मकवानपुर, चैत १ । काठमाडौँबाट हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडास्थित सडक मर्मतसम्भार गर्ने उद्देश्यले आज बिहानदेखि यातायात सेवामा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त सडक निर्माणका क्रममा चैत १ गतेदेखि विसं २०८१ वैशाख १५ गतेसम्म यातायात सञ्चालनमा रोक लगाइएको सडक विभागले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई जानकारी गराएको जिप्रका मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार, काठमाडौँ कान्ति लोकपथ हुँदै आउने सवारीसाधनलाई काठमाडौँको थानकोट–मकवानपुरको चित्लाङ हुँदै हेटौँडातर्फ आवतजावत गर्न अनुमति प्रदान गरिएको उल्लेख गर्नुभयो । उक्त सडकमा हल्का सवारीसाधन दैनिक दुई हजारभन्दा बढी आवतजावत गर्ने गरेको भीमफेदी इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । (रासस)

 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update