Kath khabar
७० वर्षसम्म फलामको फोक्सोमा बाँचेका पलको मृत्यु


                  न्युयोर्क, चैत १ । करिब ७० वर्षसम्म ‘फलामको फोक्सो’ को सहारामा बाँचिरहेका पल अलेक्जेन्डरको निधन भएको छ । फलामको फोक्सोमा ७० वर्ष बिताएका पल अलेक्जेन्डरको ७८ वर्षको उमेरमा मृत्यु भएको हो । अमेरिकन नागरिक पल अलेक्जेन्डरले ७० वर्षसम्म पोलियोसँग पीडादायी जीवन बिताए ।

'पोलियो पल' भनेर चिनिने अलेक्जेन्डरलाई सन् १९५२ मा यो रोगले घाँटीबाट पक्षघात भएको थियो, जसले गर्दा उनी आफैँ सास फेर्न असमर्थ भए । उनी ७० वर्षभन्दा बढी समयसम्म फलामको फोक्सो भित्र बसे । उनी फलामको फोक्सो भनिने मेसिनको आधारमा जीवित थिए ।

सरल भाषामा उसको छातीमा मानिसको फोक्सो थिएन भन्ने बुझ्न सकिन्छ । पावलको सम्पूर्ण शरीर मेसिन भित्र थियो, उनको अनुहार मात्र बाहिर देखिन्थ्यो । सन् २०२३ मा गिनिज वल्र्ड रेकर्ड्सले उनलाई सबैभन्दा लामो समयसम्म आइरन फोक्सो भएको बिरामी घोषणा गरेको थियो ।

उनी ६ वर्षको उमेरमा सन् १९५२ मा पोलियोबाट पीडित भएका थिए । सन् १९५२ मा इतिहासमा सबैभन्दा ठूलो पोलियो प्रकोप अमेरिकामा भएको थियो । रोग तीव्र गतिमा फैलिरहेको थियो । यही अवधिमा पललाई पनि पोलियो लागेको थियो । उनलाई अस्पतालमा लगियो र मेकानिकल फोक्सोमा हुँदा होश आयो । डाक्टरहरुले उनी बाँचुन्जेल मेकानिकल फोक्सो भित्र बस्नु पर्ने बताए । रोगसँग लड्न उनलाई फलामको फोक्सोको मेसिनमा राखिएको थियो । उनी ७० वर्षभन्दा बढी समयसम्म फलामको फोक्सो भित्र बसे ।

यस समयमा पल स्कुल/कलेज गए, एक वकिल बने र एक लेखक पनि बने । दशकौंसम्म उनले कानूनको अभ्यास गरे र जीवनी पनि लेखे । उनको कथाले विश्वभरका मानिसहरूलाई सकारात्मक प्रभाव पारेको छ।

यो मेसिन १९२८ मा आविष्कार गरिएको थियो । पछि प्रविधिको विकासले गर्दा ६० को दशकपछि यो बन्न बन्द भयो । यसमा बस्ने पल संसारमा एक मात्र व्यक्ति थिए । वास्तवमा प्रविधिको विकास भइसकेको थियो तर पलले यो मेसिन छोड्न चाहेनन्।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update