गीतकार दीपकको नयाँ गीत बजारमा
काठमाडौ, बैशाख, ४
गीतकार दीपक बस्नेतको नयाँ गीत बजारमा आएको छ । मेहफिल शिर्षकमा रहेको गीतमा गजलकार तथा गायक जगदिश समालले स्वर दिनुुभएको छ ।
अमित पल र रिया क्षेत्रीको रोमान्टिक र जीवन्त अभिनय रहेको गितको भिडियोमा प्रियजन राईको निर्देशन रहेको छ भने गीतमा दीपक बस्नेतले संगीत भर्नुभएको छ । गीतको म्यूजिक भिडियोको छायांकन रोबिन दोङले गर्नुुभएको हो भने कोरियोग्राफी दिपक गुरुङले गर्नुभएको हो ।
गीतले महिलामाथि हुने यौनहिंसा बिरुद्धको सन्देश प्रवाह गरेको छ । शक्तिको आडमा जोसुकैले नारीमाथि गरेको ज्यादती सह्य नहुने सन्देश दिन खोजेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८ १३:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय