Kath khabar
सदगुरु जग्गी वासुदेवको मस्तिष्कको आकस्मिक शल्यक्रिया

  

               नयाँ दिल्ली, चैत ८ । ईशा फाउन्डेसनका संस्थापक सदगुरु जग्गी वासुदेवको आकस्मिक मस्तिष्कको शल्यक्रिया गरिएको छ ।

मस्तिष्कमा रक्तश्राव र सुन्निएका कारण सद्गुरुलाई निजी अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कबाट जमेको रगत हटाउन मार्च १७ मा शल्यक्रिया गरिएको थियो। अहिले उनको स्वास्थ्यमा सुधार आएको र उनलाई भेन्टिलेटरबाट हटाइएको छ । 

सद्गुरु जग्गी वासुदेव विगत चार सातादेखि टाउको दुख्ने समस्याबाट पीडित थिए । पीडाको बावजुद पनि उनले आफ्ना कार्यक्रमहरू र गतिविधिहरू जारी राखे, र ८ मार्चमा रातभरको महाशिवरात्रि उत्सव पनि आयोजना गरेका थिए ।

तर, १५ मार्च २०२४ को दिउँसो दिल्ली पुग्दा उनको टाउको दुखाइ असह्य भयो । त्यसपछि उनलाई दिल्लीको एपोलो अस्पतालमा लगिएको थियो । जहाँ सद्गुरुको मस्तिष्कमा ठूलो मात्रामा रगत बगेको र सुन्निएको डाक्टरहरूले पत्ता लगाएका थिए । त्यसपछि वरिष्ठ न्यूरोलोजिस्टको सल्लाहमा उनको मस्तिष्कको आकस्मिक शल्यक्रिया गरिएको हो ।

मस्तिष्कको शल्यक्रियापछि सद्गुरु जग्गी वासुदेवको भिडियो सन्देश सार्वजनिक भएको छ । जसमा उनले शल्यक्रियापछि पनि आफ्नो अवस्था ठीक रहेको बताएका छन्

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Sadhguru (@sadhguru)

  ।
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update